सिमसार विवादमा स्थानीयको प्रश्न-हिलैहिलोमा कसरी खेती गर्ने ?

पाेखरा | जेठ २७, २०८०

सिमसार विवादमा स्थानीयको प्रश्न-हिलैहिलोमा कसरी खेती गर्ने ?

पोखरा:    फेवा किनारका सिमसार क्षेत्र पुरेको विवाद चुलिदा फेरी फेवा संरक्षणको चाँसो बढेको छ । 


पोखरा महानगरपालिकाको तत्कालिन मेयर मान बहादुर जिसीले ५५ औं कार्यपालिका बैठकमा फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने निर्णय गरेको थिए । तर सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो । 


त्यसयता फेवा संरक्षणको विषय साम्य भएको थियो । फेरि यतिबेला फेवा संरक्षणको सवाल तातिएको छ ।


केही दिन यता पोखरा महानगरपालिका २३ र २४ स्थित पामे ठाडो बाटो स्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरेको क्षेत्रलाई लिएर स्थानीय र पोखरा महानगरबीच विवाद भइरहेको छ । 


पामेस्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरिएको क्षेत्रमा अहिले व्यवसायी युवराज खतिवडाले ५ सय रोपनी जग्गा पुर्नका लागि माटोको थुप्रो नै बनाएपछि महानगर पुर्न नदिने पक्षमा छ  । त्यतिमात्र नभएर खतिवडाको टिप्पर र डोजर नै नियन्त्रयमा लिएको छ । 


यद्यपी पोखरा महानगरपालिकाले पहिले भने कृषि उपजका लागि जग्गा पुर्न दिने बताएको थियो र सोही अनुसार स्थानीयसँग मिलेर जग्गा पुरेको व्यवसायी खतिवडाको दाबी छ । 


स्थानीय कुलप्रसाद तिमिल्सिनाले वरिपरिका जग्गा पुर्दा आफ्नो जग्गा तल हुँदा आफुले पनि पुरेर खेती गर्नुपर्ने माग राखे ।


उनले सिमसार क्षेत्रमा कृषिजन्य खेती गर्न माटोले पुर्ने पर्ने उनले बताए । ‘यो क्षेत्रमा पुरै पुरै हिलैहिलो हुन्छ, माटो फिलिङ गरेर मात्रै खेतीयोग्न जमिन बन्छ । नत्र यस्तोमा कसरी खेती गर्न मिल्छ ?,’ उनको प्रश्न छ ।

‘यता पुरे उता पुरे यसलाई सिमसार क्षेत्र भन्दिने, पाखामा खेती गरौं खान पाइँदैन बादरले सक्छ,’ तिमिल्सिनाले भने, ‘तालको भाग भनेर योजना छ, ५ किलोमिटर माथि आएर पुर्न पाइँदैन, घर बनाउन पाइँदैन भन्ने छ यहाँ दुईथरी  कानून छन् । पुरेर खेती गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’


भाइअंश भएको र दुवै तर्फ माटोले पुर्दा आफ्नो जग्गा गहिराईमा परेको भन्दै पुरेर खेतीपाती गर्न पाउनुपर्ने उनको माग छ ।  


पोखरा महानगरपालिकाले नै सिमसार क्षेत्रलाई आवास क्षेत्र तोकिदिएपछि जग्गा पुरेको स्थानीयको स्पष्टोक्ती छ ।

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...

थप पढ्नुहोस्

कास्की:    धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् ।    उत्तरतिर लस्करै ...

थप पढ्नुहोस्